चुनाउलाई केन्द्र गरेर भारत-नेपाल सीमा पानीट्याङ्की गरियो सील

खोरीबारी : विधानसभा चुनाउलाई केन्द्र गरेर भारत-नेपाल सीमा पानीट्याङ्की आगामी 17 अप्रेलसम्म सील गरिदिनको साथै एसएसबीद्वारा सीमामा सुरक्षा व्यवस्था अझ बढाइएको छ। प्राप्त जानकारी अनुसार सुचारू रूपले चुनाउ सम्पन्न गराउन साथै चुनाउ अवधि कुनै प्रकारको अप्रिय घटना नहोस् भन्ने उद्देश्य लिएर फाँसीदेवा विधानसभा क्षेत्र नजिक रहेको नेपाल सीमालाई सील गरिदिएको छ। यस अवधि विशेष आवश्यकता भएको मानिसहरूलाई मात्र जरूरी कागजपत्र देखाएर आवागमन गर्ने अनुमति दिइएको छ। फाँसीदेवा विधानसभा क्षेत्रमा आगामी 17 अप्रेलको विधानसभा चुनाउ सम्पन्न भएपछि आवागमन पहिले झैँ सामान्य गरिने बताइएको छ। सीमामा सतर्कता बढाउनको साथै जवानहरूद्वारा पेट्रोलिङ पनि गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *