चुनाउमा पराजित भएपछि नान्टु पाल सोशल मीडियामा ट्रोल

सिलगढी : भाजपा प्रार्थी नान्टु पाल सिलगढी नगरनिगम चुनाउमा पराजित भएपछि सोशल मीडियामा तिनलाई लिएर लगातार ट्रोल गरिरहेको छ। चुनाउमा पराजयको सामना गर्न परेका नान्टु पाल हाल घरदेखि बाहिर निस्केका छैनन्। तथापि, सिलगढी नगरनिगम चुनाउमा तिनकी स्वास्नी मञ्जुश्री पालले सिलगढीको 11 नम्बर वार्डबाट भाजपा प्रार्थीको रूपमा जीत हासिल गरेकी छन्। सिलगढी नगरनिगम चुनाउमा पराजित भएपछि भाजपा प्रार्थी नान्टु पालले चुनाउमा हेरफेर भएको बताए। अर्कोतिर, विपक्षी पार्टीहरूले तिनकी स्वास्नीको जीतलाई लिएर प्रश्न खडा गरेका छन्। नान्टु पालले यस प्रकारको अप्रत्याशित परिणामको कारणहरू खोजी निकाल्ने साथै सिलगढी सहरको विकासमा सहयोग गर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *