चुनाउपछि 35 नम्बर वार्डमा अशान्तिको घटना, इलाकावासीमाथि हमला गरेको तृणमूलविरुद्ध आरोप

सिलगढी : सिलगढी नगरनिगम चुनाउ समाप्त भएपछि 36 नम्बर वार्डमा अशान्तिको घटना अघि आयो। सिलगढीको 35 नम्बर वार्डको दासपाडा इलाकामा गत राति केही स्थानीय मानिसहरूमाथि हमला गरेको आरोप उठेको छ। इलाकाको मानिसहरूको आरोप अनुसार स्थानीय तृणमूल नेता तथा 35 नम्बर वार्डका प्रार्थी शम्पा नन्दीको लोग्ने जयदीप नन्दीको नेतृत्वमा केही युवकहरू इलाकामा आएर आफूहरूमाथि हमला गरेको हो। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा ल्याइयो। अर्कोतिर, जयदीप नन्दीले आफूमाथि झुटो आरोप लगाएको दावी गर्दै सिलगढी नगरनिगम चुनाउको दिन बिहानैदेखि सीपीएम पार्टीले इलाकामा अशान्ति सृष्टि गर्ने प्रयास गरिरहेको थियो। रातिको समय उक्त इलाकामा जाँदा आफूमाथि हमला गर्नको साथै पार्टीका एकजना कार्यकर्ताको वाहन समेत तोडफोड गरिदिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *