चुनाउ पर्चीमा नेपाली भाषाको प्रयोग नगरेकोमा आपत्ति

दार्जिलिङ (निसं) : दार्जिलिङ र कालेबुङ जिल्लामा हुने पञ्चायत चुनाउमा नेपाली भाषा प्रयोग नभएको विषयमा कन्सन युथ अफ् हिलको सदस्य कुन्दन मुखियाले कुरा उठाएका छन्। तिनले एउटा भिडियो जारी गर्दै ग्राम पञ्चायत चुनाउको लागि बंगालभरिमा बङ्गला भाषामा नै पर्चीहरू प्रयोग गरिएको तर दार्जिलिङ र कालेबुङ जिल्लामा चुनाउको पर्चीमा केवल अङ्ग्रेजी भाषा मात्र प्रयोग गरिएकोमा आपत्ति जनाएका छन्। तिनले नेपाली भाषा पनि भारतीय संविधानमा मान्यताप्राप्त भाषा हो तर चुनाउमा नेपाली भाषा किन प्रयोग गरिएन भनी आवाज उठाएका छन्। चुनाउको पर्चीहरू नेपाली भाषामा प्रयोग नगरिएको विषयमा पहाड़का राजनैतिक पार्टीहरू तथा नेतृत्वहरूले किन आवाज उठाएन भनी तिनले प्रश्न गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *