चुनाउ परिणामपछि सिलगढीमा शान्ति बनाइराख्न केन्द्रीय वाहिनीका जवानहरूद्वारा रूट मार्च

सिलगढी : विधानसभा चुनाउको परिणामपछि सिलगढी सहरमा शान्ति बनाइराख्ने उद्देश्य लिएर आज केन्द्रीय वाहिनीका जवानहरूको सहरमा रूट मार्च गर्यो। गत 2 मईको दिन विधानसभा चुनाउको परिणाम आएपछि धेरैजसो ठाउँहरूमा अशान्तिको माहौल सृजना भइरहेको थियो। सिलगढी नगरनिगमको 44 नम्बर वार्डमा केही वाहनहरू लगायत घरहरू तोड़फोड़ भएको थियो भने हिजो दिउँसो हिलकार्ट रोडमा दुई दलमाझ झगडा हुँदा उक्त इलाकामा उत्तेजनाको महौल सृष्टि भयो। यसपछि सिलगढी सहरमा शान्ति बनाइ राख्ने उद्देश्य लिएर आज सहरको केही ठाउँहरूमा केन्द्रीय वाहिनीका जवानहरूले रूट मार्च गरे। सिलगढीको हाशमी चोकदेखि एयरभ्यू मोडसम्म केन्द्रीय वाहिनीका जवानहरूले रूट मार्च गरे। यसको साथै भक्तिनगर थाना इलाकामा पनि केन्द्रीय वाहिनीका जवानहरूले रूट मार्च गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *