चुनाउ परिणाम राम्रो हुने कुरामा आशावादी देखिए तृणमूल प्रार्थी ओमप्रकाश मिश्रा

सिलगढी : चुनाउ आयोगले दिएको निर्देश अनुसार बङ्गाल विधानसभा चुनाउको पाँचौँ चरण अन्तर्गत आगामी 17 अप्रेलको दिन सम्पन्न हुने चुनाउको लागि प्रार्थीहरूले प्रचार गर्ने आज अन्तिम दिन हो। सिलगढी विधानसभा आसनका तृणमूल प्रार्थी ओमप्रकाश मिश्राले सिलगढी नगरनिगमको 24 नम्बर वार्डमा आज अन्तिम दिनको चुनाउ प्रचार गरे। यस अवसरमा तिनले चुनाउ प्रचारमा आफ्नो तर्फबाट कुनै प्रकारको कमी नराखेको बताए। चुनाउको अन्तिम परीक्षाको लागि के कति तयारी भइसक्यो भन्ने बारे गरिएको प्रश्नको जवाबमा तिनले हाँस्दै भने, म सधैँ एकजना असल छात्र रहेकोले लगभग सबै प्रक्रिया आफ्नो तर्फबाट पुरा गरिसकेको छु। यसको साथै तृणमूल कङ्ग्रेस पार्टीले पनि हालसम्मको सबै परीक्षाहरूमा राम्रो अङ्क हासिल गरेर उत्तीर्ण गरिसकेको छ। यसपल्टको चुनाउ परीक्षामा पनि तृणमूलले राम्रो परिणाम ल्याउनेछ भन्ने कुरामा म आशावादी छु।


Leave a Reply

Your email address will not be published. Required fields are marked *