चुनाउ प्रचारको अन्तिम दिन शङ्कर घोषद्वारा 47 नम्बर वार्डमा प्रचार

सिलगढी : चुनाउ प्रचारको आज अन्तिम दिन रहेकोले सबै राजनैतिक पार्टीका प्रार्थीहरू बिहानैदेखि चुनाउ प्रचारमा लागिपरेको छ। यसै क्रममा सिलगढी विधानसभा आसनका भाजपा प्रार्थी शङ्कर घोषले पार्टीका कार्यकर्ताहरूको साथमा र्‍यालीको माध्यमद्वारा सिलगढी नगरनिगमको 47 नम्बर वार्डको घर-घरमा गएर चुनाउ प्रचार गरे। चुनाउ प्रचार अवधि तिनले स्थानीय मानिसहरूसित कुराकानी पनि गर्दै आफ्नो पक्षमा मतदान गर्ने सबैसित अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *