चुनाउ प्रचारमा बाधा दिइरहेको तृणमूल विरुद्ध आरोप लगाउँदै भाजपा-द्वारा थानामा अभियोग  

सिलगढी : सिलगढी नगरनिगम चुनाउको मिति नजिक आइरहेकोले सहरमा राजनैतिक माहौल गर्मिएको छ। विभिन्न वार्डका प्रार्थीहरूले प्रशासन समक्ष विपक्षी पार्टीका उम्मेद्वारहरू विरुद्ध विविध आरोप दर्ता गरेका छन्। यसै क्रममा चुनाउ प्रचारमा बाधा दिइरहेको राज्यको सत्तारूढ पार्टी तृणमूल विरुद्ध अभियोग उठेको छ। भाजपाले आज सिलगढी थानामा तृणमूल विरुद्ध मौखिक अभियोग दर्ता गरेको छ। सिलगढीका भाजपा विधायक शङ्कर घोष, फाँसीदेवाका विधायक दुर्गा मुर्मूको उपस्थितिमा 12 नम्बर वार्डका भाजपा प्रार्थी नान्टु पालले आज थानामा तृणमूलविरुद्ध अभियोग दर्ता गरेका छन्। नान्टु पालले लगाएको आरोप अनुसार राज्यको शासक दलले षड्यन्त्र गरेर चुनाउ प्रचारमा बाधा दिइरहेको छ। प्रशासनको आडमा आफ्नो विभिन्न चुनावी सभा रद्द गर्ने प्रयास गरिरहेको बताउँदै तिनले चुनाउको दिन पनि वार्डमा अशान्ति हुनसक्ने आशंक्त व्यक्त गरेका छन्। यसैले चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न होस् भन्ने उद्देश्य लिएर आज प्रशासन समक्ष अपील गरेको तिनले बताए। यस सम्बन्धमा शङ्कर घोषले भने, तृणमूल कङ्ग्रेसले चुनाउ अगावै आतङ्कको परिवेश सृष्टि गरेर चुनाउ जित्ने प्रयास गरिरहेको छ। यसैले सिलगढीमा चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न होस् भनेर यस विषयमा प्रशासनलाई अवगत गराएको तिनले बताए। अर्कोतिर, मन्त्री अरूप विश्वास र गौतम देवले भने, सीपीएम, भाजपालाई विजयी बनाउने दायित्व तृणमूलले लिइने छैन। सिलगढीको कुनै पनि वार्डमा आफ्नो पार्टीले बाधा दिएको छैन भन्दै द्वयले सिलगढीको 47 वटै आसनमा तृणमूल प्रार्थीले जित्ने दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetsekabetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetkingbettingkavbetjojobetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetkingbettingcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibombetbey girişsonbahis girişesbet girişsonbahisbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorbetgitcasibomcasinomilyoncasibomgrandpashabet girişsuperbetin girişporno izledeneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes