चुङथुङमा गोजमुमो बिमल खेमाको सभा

बिजनबारी : गोजमुमो बिमल खेमा चुङथुङ मेरीबोङ तामसाङ समष्टिको सभा समष्टि संयोजक रवि थापाको अध्यक्षतामा चुङथुङ पारिजात भवनमा आज सम्पन्न भयो। उक्त सभामा समष्टिभरिका शाखा प्रशाखाका अनि श्रमिक संगठनका प्रतिनिधिहरूको प्रतिवेदनपछि विभिन्न दल त्यागेर बिमल खेमामा सामेल हुनेहरूलाई महकुमा महासचिव शरण लामाको बाहुलीबाट खदा लगाँउदै पार्टीमा स्वागत जनाइयो। यस अवसरमा तिनले बिमल गुरुङले जनताको हितमा नै साँढे तीन वर्ष विस्थापित जीवन बिताएकोले पहाडको जनताले हृदयबाट गोजमुमो बिमल खेमालाई समर्थन जनाइरहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *