चुङथुङ मारेबुङ तामसाङ समष्टिको 22 वटा बुथका समर्थकहरूको कार्यवाहक अध्यक्ष अनित थापालाई समर्थन

दार्जिलिङ : चुङथुङ मारेबुङ तामसाङ समष्टिको मोठ 22 वटै बुथका प्रतिनिधिहरूले आज दार्जिलिङ पार्टी कार्यालयमा आएर गोजमुमो 2-का कार्यवाहक अध्यक्ष अनित थापालाई भेटेर तिनको नेतृत्वलाई समर्थन जनाए। यस अवसरमा सम्पन्न सभामा समष्टिका नेतृत्वहरूले आफ्नो सम्बोधनमा अनित थापाको सोँच अनि नेतृत्वलाई आफूहरूले स्वीकार गर्नको साथै यथार्थको राजनीतिलाई अघि बढाउने नै मुख्य उद्देश्य रहनेछ भनी बताए। तिनीहरूले अनित थापाको नेतृत्वलाई काँधमा काँध मिलाएर अघि बढ्ने प्रतिबद्धता पनि जाहेर गरे। तुङसुङ मारेबुङ तामसाङ समष्टिको 22 वटा बुथ नै अनित थापाको पक्षमा रहेको तिनीहरूले दावी गरे।


उक्त सभालाई सम्बोधन गर्दै कार्यावाहक अध्यक्ष अनित थापाले भने, जनताले 2007-मा जन्मेको पार्टीलाई धेरै सहयोग गर्यो तर आजसम्म दुख मात्र पायो। गोर्खा जनमुक्ति मोर्चाको उपलब्धि आजसम्म शून्य नै रहेको छ। नेताहरूले यति थुप्रै कसम खायो कि आज त्यहीँ कसम पुरा नगर्दा हामीहरूलाई पिरोल्दैछ। हाम्रो पहाडको मानिसहरूले भोग्दैछन्। पार्टी हिजो झैँ अहिले पनि सुदृढ रहेको जानकारी गराउँदै आफूले पहाडलाई प्रगतिको पथमा लैजान्छु भनेर सोँच बनाएपछि यहीँ वचनलाई अघि बढाएर लैजाने तिनले बताए। तिनले राजनीतिक संस्कार अब परिवर्तन गर्नुपर्छ हामी नेता भएर होइन तर साथी र परिवार जस्तो भएर काम गर्ने संस्कार नै परिवर्तन गर्नुपर्छ भन्दै तिनले उपस्थित पार्टी कार्यकर्ताहरूलाई आफ्नो सम्बोधनमा बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *