चुङथुङमा सड़कको खनन् कार्य शुरू

बिजनबारी: कैंयौ समयदेखि थाँतीमा रहेको दार्जिलिङको चुङथुङ सल्लाबारीदेखि लिजाहिल मुन्सी धुरासम्म पुग्ने सड़कको आज विधिवत पुजा अर्चना गरेपछि जेसीबीद्वारा खनन् कार्य शुरू गरिएको छ। लगभग आधा किलोमीटर दूरीको यो सड़कको निर्माण कार्य गोजमुमो विनय खेमा चुङथुङ मेरीबोङ तामसाङ समष्टिको पहलमा भएको समष्टि सभापति बीआर राईले जानकारी दिएका छन्। गाउँलेहरूको आवश्यकता तथा लामो समयदेखि माग गर्दै आएको कारणले आजदेखि यस सडकको खनन् कार्य शुरू गरिएको तिनले थप जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *