चुङथुङ मेरीबुङ तामसाङ समष्टिमा भारतीय गोर्खा प्रजातान्त्रिक नारी मोर्चाको सभा

दार्जिलिङ: चुङथुङ मेरीबुङ तामसाङ समष्टि पार्टी गठन भएको लगतै सङ्गठनलाई दह्रिलो पार्न भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नारी शक्तिलाई लिएर एउटा सभाको आयोजना यहाँको पारिजात रङ्गशाला भवन चुङथुङ चियाबारीमा सरस्वती गुरूङको अध्यक्षतामा सम्पन्न भयो।


सभामा पार्टी केन्द्रीय नेतृत्व प्रतिभा राई, पासाङ आग्रवाल अनि सुष्मा गुरूङको प्रमुख उपस्थिति रहेको थियो। भर्खरै नवगठित पार्टीलाई अझ दह्रिलो पार्न नारी मोर्चाको सक्रियता सङ्गठनमा बडाउन सभा गरिएको जानकारी नारी नेत्रीहरूले दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *