चुङथुङमा नि:शुल्क आँखा जाँच शिविर

बिजनबारी: स्थानीय मानिसहरूको असुविधालाई ध्यानमा राख्दै लोअर चुङथुङ उच्च माध्यमिक विद्यालयमा हिमालयन अकादमी स्कूलको आयोजनामा आज नि:शुल्क आँखा जाँच शिविरको आयोजना गरियो। आलोर दिशा वेल्फेयर अर्गनाइजेसन कोलकाताबाट आएका चिकित्सकहरूले शिविरमा चियाबारीका धेरैजना आँखा रोगीहरूको आँखा जाँच गरे। यसको साथै तिनीहरूलाई नि:शुल्क औषधी वितरण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *