चुङथुङ मेरीबुङ तामसाङ समष्टिको लिङ्गिया गोदामधुरामा सोहन मास्केको घर आगलागीमा जलेर स्वाहा

दार्जिलिङ (निसं): दार्जिलिङको चुङथुङ मेरीबुङ तामसाङ समष्टि अन्तर्गत लिङ्गिया गोदामधुरा निवासी सोहन मास्केको घर आगलागीमा जलेर स्वाहा भएको छ। चुङथुङ मेरीबुङ तामसाङ समष्टिमा डेढ वर्षको अवधिमा हालसम्म आठ – दसवटा घर जलेर खरानी भइसकेको बताइएको छ। घटनाक्रम अनुसार हिजो बेलुकी लगभग 8.45 बजे लिङ्गिया गोदाम धुरा निवासी सोहन मास्केको घर सहित सबै सर-सामानहरू आगोले जलेर स्वाह भयो। उक्त घटना पछि क्षेत्रीय सभासद सन्दीप छेत्री घटनास्थलमा पुगेका थिए।


तिनले यस विषयमा बोल्दै भने, आगलागीको घटना सुनेर दुःख लाग्यो र राति नै लिङ्गिया चियाबारी अग्नि पिडित परिवार भएकोमा पुगे। म पनि यही समष्टिमा हुर्केको दुःख बुझ्ने एक श्रमिकको छोरो हुँ । यसैले जति सक्दो घरको मुखिया सोहन मास्केलाई सान्त्वना दिने कार्य गरे। आफ्नो ल्यागतले भ्याएसम्मको आर्थिक सहयोग गरे। उक्त घर जलेको सूचना जीटीए प्रमुख अनित थापा एवम् सम्बन्धित विभागहरूलाई गराएको छु। साथै सक्दो सहयोग गर्ने प्रतिबद्धता पिडित परिवार समक्ष राखेको छु।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *