चुङथुङ सल्लाबारीमा शहीद बीआर देवानको 15औं बलिदान दिवस पालन

बिजनबारी: चिया श्रमिकको हित र अधिकारको निम्ति 25 फरवरी 2006 –मा आफ्नो प्राणको आहुति दिने चुङथुङ चियाबारी 86 डिभिजन निवासी शहीद बीआर देवानको 15औँ बलिदान दिवस आज चुङथुङ सल्लाबारीस्थित तिनकै सालिग परिसरमा पालन गरियो। डीटीडीपीएलयु चुङथुङ एकाईको आयोजना तथा हाइजङ सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोजमुमो अध्यक्ष विनय तामाङ प्रमुख रूपमा उपस्थित थिए भने तिनले शहीद बीआर देवानको सालिगमा दीप प्रज्ज्वलन गर्नको साथै माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा तिनले चियाबारी श्रमिकहरूको हित र अधिकारको निम्ति आजकै दिन शहीद बीआर देवानले दिएको बलिदानलाई हामीले भुल्न हुँदैन।

गत वर्ष शहीद बीआर देवानको सालिग निर्माण हामीले गरेका थियौं भने यस सालिग निर्माण गर्नमा चुङथुङका सालिग निर्माण समितिको ठुलो भूमिका रहेको थियो। गत वर्ष नै सालिग परिसरको सुन्दरीकरणको घोषणा गरे तापनि लागत बढ़ी हुनको कारण सो सम्भव नभएको तिनले बताए। जीटीएको पक्षबाट यसको लागि सम्पूर्ण औपचारिकता पुरा भइसकेको छ भने आउँदो विधानसभा चुनाउपछि लगत्तै कार्यको थालनी गरिने तिनले बताए। आजको कार्यक्रमको लागि तिनले श्रमिक संगठन चुङथुङ एकाईलाई धन्यवाद प्रकट गरे। कार्यक्रममा गोजमुमो केन्द्रीय सहसचिव ज्योति कुमार राई, प्रवक्ता केशवराज पोख्रेल, गोजमुमो उपाध्यक्ष सतीश पोख्रेल, महकुमा प्रवक्ता सन्दीप छेत्री, महकुमा महासचिव अरूण छेत्री, शहीद बीआर देवानको पुत्र लक्ष्मण देवान लगायत श्रमिक संगठनका प्रतिनिधि अनि सदस्यहरूको उपस्थिति रहेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes