चुङथुङ मेरीबुङ तामसाङ समष्टिबाट 40 परिवार विनय पन्थीमा सामेल

दार्जिलिङ : दार्जिलिङको चुङथुङ मेरीबुङ तामसाङ समष्टिमा निरन्तर रूपमा नै गोजमुमोको समर्थन कार्यक्रम भइरहेको छ। समष्टि अध्यक्ष बीआर राईको नेतृत्वमा चुङथुङ मेरीबुङ तामसाङ समष्टिका 40 परिवारले गोजमुमो अध्यक्ष विनय तामाङ अनि महासचिव अनित थापाको नेतृत्वलाई मन पराएर तिनको पार्टीमा सामेल भए। प्राप्त जानकारी अनुसार, 23/61 बुथका सभापति मनोज मुखियाको अध्यक्षतामा कोसर क्लबमा सम्पन्न सभामा चुङथुङ चियाबारी कोरस ए-बाट अनि चुङथुङ डाँडा गाउँबाट 27 घर बिमल पन्थीले गोजमुमो विनय पन्थीलाई समर्थन जनाए। उक्त सभामा दार्जीलिङ महकुमा समिति प्रवक्ता सन्दीप छेत्री, युवा मोर्चा केन्द्रीय समिति महासचिव अरूण छेत्री, समष्टि सचिव ललित तामाङ, युवा मोर्चा समष्टि सचिव सुन्दर राई, नोडल अफिसर सियोन लेप्चा, समष्टि सदस्य विरेन्द्र तामङ, बुथ स्तरिय नेता राजु तामङ लगायत नारी मोर्चा, युवा मोर्चा एवम् पार्टी कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो। यसरी नै मेरीबुङ गोदाम घुराबाट पनि विभिन्न राजनैतिक दलका 13  घर गोर्खा जनमुक्ति मोर्चामा सामेल भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *