खोरीबारी, 8 नोभेम्बर: छठ घाटमा पूजा गर्न गएको समय घरमा चोरीको घटना घटेको छ। यो घटना खोरीबारीको डेमराभिटा क्षेत्रमा भएको हो।
प्राप्त जानकारी अनुसार, शुक्रबार बिहान छठ पूजा गर्न घरका सदस्यहरू घाटमा गएका थिए। पूजा सकेर घर फर्किंदा उनीहरूले आफ्नो घरमा चोरी भएको थाहा पाए। चोरले घरको ताला तोडेर, अल्मारीबाट सुन र चाँदीका गहनाहरू लगायत नगद 70 हजार रुपियाँ, मोबाइल चोरी गरेको बताइएको छ।
परिवारका सदस्यहरूले बताए अनुसार, चोरले अल्मारी खोलेर सुनको चेन, कानको झुम्का, मङ्गलसूत्र लगायत चाँदीका विभिन्न गर-गहनाहरू अनि नगद 70 हजार रुपियाँ चोरी गरेको छ। यस प्रकारको चोरीको घटना नशा नगर्ने व्यक्तिहरूले गर्न सक्छन्। घटनाको जानकारी पाएपछि पुलिस घटनास्थलमा आइपुगेर छानबिन शुरू गरेको छ।
North Bengal, Siliguri, Uncategorized
छठ घाटमा पूजा गर्न गएको समय घरबाट सुन-चाँदीका बहुमूल्य गहनाहरू सहित 70 हजार रूपियाँ चोरी
08
Nov
Nov