सीआईआई-द्वारा सिलगढी नगरनिगमलाई दुईवटा अक्सिजन कनसन्ट्रेटर प्रदान

सिलगढी : सीआईआईले सिलगढी नगरनिगमलाई दुईवटा अक्सिजन कनसन्ट्रेटर प्रदान गर्यो। कोरोना महामारीको समयमा अक्सिजन अत्यन्त जरूरी रहेको छ। सिलगढीको विभिन्न चिकित्सा केन्द्रहरूमा शुरू-शुरूमा अक्सिजनको समस्या देखापरे तापनि हाल यसको निवारण भइसकेको छ। कोरोना संक्रमित रोगीहरूलाई अक्सिजनको कुनै कमी नहोस् भन्ने उद्देश्य लिएर सीआईआईको तर्फबाट सञ्जय टिब्रुअलले आज सिलगढी नगरनिगमका प्रशासक गौतम देवलाई दुईवटा अक्सिजन कनसन्ट्रेटर प्रदान गरे। यस अवसरमा गौतम देवले उक्त दुईवटा अक्सिजन कनसन्ट्रेटरले एकैसाथ चारजना रोगीहरूको उपचारमा व्यवहार गर्न सकिने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *