सीआईएसएफ-द्वारा रेलीको माध्यम 'हर घर तिरंगा' अभियान

सिलगढी (निसं):  स्वतन्त्रताको 75 औं वर्ष पुगेको उपलक्ष्यमा आजादि का अमृत महोत्सव कार्यक्रम अन्तर्गत सीआईएसएफ बाघडुग्रा युनिटले आज एउटा ऱ्याली निकालेर 'हर घर तिरंगा' अभियानको आयोजना गऱ्यो। उक्त ऱ्याली आज बिहान बाघडुग्रा एयरपोर्ट मोड़बाट शुरू भएर स्टेशन मोड़, बेङ्गडुबी हुँदै यहाँको विभिन्न इलाकाको परिक्रमा गरेपछि अन्तमा युनिटमा पुगेर समापन गरियो। सीआईएसएफ-का 42 जना सदस्यहरूले मोटरसाइकलमा सवार भएर 10 किलोमीटर यात्रा गरेर विभिन्न इलाकाको परिक्रमा गरे। उक्त बाइक ऱ्यालीको माध्यम तिनीहरूले आगामी 12 देखि 15 अगस्तसम्म सबैलाई आ-आफ्नो घरमा राष्ट्रीय झण्डा फहराइदिने सन्देश दिए ।


 


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.