नक्सलबारी, 29 अप्रेल (निसं): एसएसबी-ले नशालु पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ, जसमा एकजना सिभिक भोलिन्टियर सामेल छन्। प्राप्त जानकारी अनुसार पक्रा पर्नेहरू नक्सलबारीको मल्लाबाडी निवासी श्यामलाल सिंह र कमलाजोत निवासी सहदेव बर्मन रहेका छन्। श्यामलाल सिंह नक्सलबारी थाना अन्तर्गत सिभिक भोलिन्टियरको रूपमा कार्यरत थिए।
गत राति दुई युवक मोटरसाइकलमा नक्सलबारीबाट पानीट्याङकीतर्फ गइरहेका समय गोप्य सूचनाको आधारमा एसएसबी-का जवानहरूले नक्सलबारीको बेङ्गाईजोतमा उनीहरूको मोटरसाइकल जफत गरे। त्यसपछि छानबिन गर्दा उनीहरूको बाट लागू पदार्थ, 234 ग्राम मार्फिन उद्धार गरेपछि पक्राउ गरे। एसएसबी-ले दुवै आरोपीलाई त्यसपछि नक्सलबारी पुलिसको हातमा जिम्मा दिएको छ। आज पुलिसले आरोपीहरूलाई सिलगढी महकुमा अदालतमा पेश गऱ्यो।