सिभिक भोलेन्टियरको घरबाट चोरी, टेडी बियरभित्रबाट चोरी भएका सुन-चाँदीका गहनाहरू उद्धार

सिलगढी, 9 दिसम्म्बर (निसं): सिभिक भोलेन्टियरको घरबाट चोरी भएको सुन-चाँदीका गहनाहरू मतिगढा थाना पुलिसले टेडी बियरको भित्रबाट उद्धार गरेको छ। उक्त घटनामा एकजना दागी चोरलाई पनि पक्राउ गरिएको छ। आरोपीको नाम दीपक दास हो।
प्राप्त जानकारी अनुसार बेलडांगी निवासी रेखा गुप्ता र बाप्पी साह सिलगढी मेट्रोपोलिटन पुलिसमा सिभिक भोलेन्टियरको रूपमा कार्यरत छन्। हरेक दिन झै आइतबार बिहान उनीहरू आफ्नो ड्युटीमा गएका थिए। यस अवधि उनीहरूको घर खाली थियो। यसको फाइदा उठाएर चोरले घरबाट लाखौं रूपियाँको गहना चोरी गरेर भागेको थियो। दम्पत्ति ड्युटीबाट घर फर्केपछि घरको ढोका खुल्ला रहेको अनि घरभित्रका सामानहरू जता-तत्तै फ्याँकिएको अवस्थामा देखे। घरबाट लाखौं रूपियाँको सुन-चाँदीका गहना हराएको थाहा पाएपछि दम्पत्तिले यसबारे मतिगढा थानामा एफआईआर दर्ता गराए। यसपछि जाँचमा जुटेको मतिगढा थाना पुलिसले सीसीटीभी फुटेजको मद्दतले चोर बारेमा पत्तो लगायो। त्यसपछि पुलिसले केही घण्टाको अवधिमा नै सिभिक भोलेन्टियर दम्पत्तिको घरमा भएको चोरीको घटना सुल्झाउँदै चोरलाई पक्राउ गर्योट। पुलिसले छानबिन गर्दा टेडी बियरको भित्रबाट चोरी गरेका सुन-चाँदीका गहना उद्धार गऱ्यो। पुलिस सूत्र अनुसार दीपक दास एकजना पुरानो अपराधी हुन्। हालै मात्र तिनी जमानतमा रिहा भएका थिए। आज आरोपीलाई सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibom