सिभिक भोलेन्टियरले युवकको हत्या गरेको आरोप

कुचबिहार: जमीन विवादलाई लिएर तरुण राय नाम गरेका एकजना व्यक्तिको हत्या गरेको आरोप सिभिक भोलेन्टियरमाथि लगाइएको छ। घटना कुचबिहारको एक नम्बर खण्डको चिलकिरहट इलाकाको हो। उक्त घटनालाई लिएर इलाकामा सनसनी फैलिएको छ। मृतकको परिवारका सदस्यहरूले लगाएको आऱोप अनुसार गत रातिको समय घर फर्किरहेको बेला आरोपी सिभिक भोलेन्टियर मोनिरुल मियांलगायत लगभग 10 जनाले तरूण माथि हमला गर्नको साथै मनीरूल मियांले धारिलो हतियारले प्रहार गर्दा तिनको घटनास्थलमै मृत्यु भएको हो। बिहान स्थानीय मानिसहरूले उक्त शव देखेपछि यसबारे पुलिसलाई जानकारी दिए। घटनाको खबर पाएर पुलिसले घटनास्थममा पुगेर शव उद्धार गरेपछि पोस्टमर्टमको लागि बिहार सरकारी मेडिकल कलेज अस्पतालमा लगियो। पुलिसले घटनाको जाँच गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *