सिभिक भोलेन्टियरको घरबाट लाखौँ रुपियाँको चोरी

सिलगढी : एनजेपी थाना अन्तर्गत फुलबारी 2 नम्बर ग्राम पञ्चायतको लक्ष्मीजोत इलाकामा एकजना सिभिक भोलेन्टियरको घरमा चोरी भएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार सिभिक भोलेन्टियर गीता झा ड्युटीमा गएकी थिइन् भने गत साँझ तिनी घर फर्किआउँदा घरको गेटको ताला भत्केको अवस्थामा देखिन्। यसपछि तिनी घरभित्र पसेर हेर्दा घरमा चोरी भएकोबारे थाहा पाइन्। नगद 10 हजार रुपियाँ, सुनको चेन, सुन र चाँदीको केही गर-गहना मिलाएर लाखौँ रुपियाँको चोरी भएको तिनले बताइन्। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर छानबीन शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *