सिभिक भोलेन्टियरको नोकरी लगाइदिने प्रलोभन देखाएर रुपियाँ ठग्ने मुख्य आरोपी पक्राउ

सिलगढी : सिभिक भोलेन्टियरको नोकरी लगाइदिने नाममा लाखौँ रुपियाँ ठग्ने मुख्य आरोपीलाई साइबर क्राइमको टोलीले पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका आरोपी शुभोजीत नन्दीको रूपमा चिन्हित गरिएको छ। शुभोजीत मुख्य रूपले हावड़ा निवासी हुन् भने गत केही समयदेखि मतिगढाको रविन्द्रपल्लीमा बस्दै आइरहेका छन्। पक्रा परेका आरोपीबाट साइबर थानाको टोलीले मेट्रोपोलिटन पुलिसको नकली लोगो, जाली सिभिक भोलेन्टियरको नियुक्ति पत्र लगायत केही आवश्यक कागजपत्र उद्धार गरेको छ। स्मरण रहोस्, गत 9 अगस्तमा साइबर थानामा यसबारे एउटा लिखित अभियोग दर्ता गरेको थियो। उक्त अभियोगमा सिभिक भोलेन्टियरमा नोकरी लगाइदिने नाममा लाखौँ रुपियाँ ठगेकोबारे उल्लेख गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेका मेट्रोपोलिटन पुलिसले 3 जना आरोपीलाई पक्राउ गरेपछि तिनीहरूसित सोधखोज गरेर मुख्य आरोपीबारे थाहा पाए। यसपछि गत राति पुलिसले अभियान चलाएर मुख्य आरोपीलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *