सिभिक भोलेन्टियरले गरे आत्महत्याको प्रयास

रायगञ्ज : एकजना सिभिक भोलेन्टियरले थानाको ड्राइभर ब्यारेकमा आत्महत्या गर्ने प्रयास गरेको घटना प्रकाशमा आएको छ। उक्त घटनाले उत्तर दिनाजपुरको रायगञ्जमा सनसनी मच्चिएको छ। प्राप्त जानकारीअनुसार आइतबार राति बाप्पा दास नामक एकजना सिभिक भोलेन्टियरले ड्राइभर ब्यारेकमा घाँटीमा पासो लगाउनको साथै हातको नशा काटेर आत्महत्या गर्ने प्रयास गरेको बताइएको छ। अन्य सिभिक भोलिन्टर र पुलिस कर्मीहरूको सहयोगमा तिनलाई उद्धार गरेर रायगञ्ज मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरेको छ। के कारणले गर्दा तिनले आत्महत्या गर्ने प्रयास गरेको भन्नेबारे हालसम्म थाहा नलागेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *