को-भ्याक्सिनको बद्लीमा कोभिशील्ड खोप लगाइदिएको महिलाको आरोप

कुचबिहार : को-भ्याक्सिनको दोस्रो खोप लगाउन आएकी महिलालाई कोभिशील्डको खोप लगाइदिएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार जया नारायण राय नाम गरेकी एउटी महिला आज कुचबिहार जिल्लाको दिनहाटा महकुमा अस्पतालमा को-भ्याक्सिनको दोस्रो खोप लगाउन गएकी थिइन्। अस्पतालमा तिनले दुईवटा लाइनमा मानिसहरू उभिएको देखे। जसमध्ये एउटा लाइनमा को-भ्याक्सिन र अर्को लाइन कोभिशील्डको खोप लगाइरहेको थियो। तिनले ड्युटीमा उपस्थित भोलेन्टियर्सलाई सोधेर को-भ्याक्सिन लगाउनको लागि लाइनमा उभिएर कोरोनाको दोस्रो खोप लगाइन्। यसपछि बाहिर निस्केर को-भ्याक्सिनको बद्ली कोभिशील्डको खोप लगाएको थाहा पाएपछि तिनले आक्रोश व्यक्त गर्दै घटनाविरुद्ध कानुनी कार्वाही गर्ने बताइन्। अर्कोतिर, अस्पतालका सहायक अधीक्षकले लिखित अभियोग पाएपछि मामिलाको जाँच गर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *