कोबरा साँपको तेल अनि मृगको 4 वटा छाला र सिङहरू सहित 2 जना पक्राउ

सिलगढी (निसं): रेपिड रेस्पन्स फोर्स, स्क्वाड -1 र दार्जिलिङ वाइल्ड लाइफ-ले आज संयुक्त अभियान चलाएर सिलगढीको तेन्जिङ नोर्गे बस टर्मिनल, जङ्क्शन क्षेत्रबाट कोबरा साँपको तेल 350 मिली लिटर अनि मृगको 4 वटा छाला, सिङहरू सहित 2 जनालाई पक्राउ गरेको छ। ती पक्रा पर्नेहरू उत्तर प्रदेशका सिकन्दर कुमार र बिहार निवासी सन्जु वैधको रूपमा चिन्हित गरिएको छ। पुलिसले यी दुवै आरोपीलाई आज अदालतमा पेश गऱ्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *