कलेज भर्नाको लागि बिमलखेमा गोजविमो-द्वारा रिम्बिकमा हेल्प डेस्कको आयोजना

बिजनबारी : लकडाउनको स्थितिलाई ध्यानमा राखेर विभिन्न कलेजहरूमा भर्ना लिन चाहने विद्यार्थीहरूको निम्ति गोजमुमो बिमल खेमा सरकारी महाविद्यालय विद्यार्थी मोर्चाका प्रतिनिधिहरूले आज रिम्बिकमा हेल्प डेस्क शिविरको आयोजना गर्यो। उक्त शिविरमा लगभग 60 जना विद्यार्थीहरूले पञ्जीकरण गराइसकेको प्रतिनिधि टोलीले जानकारी गराएको छ। गोजमुमो बिमल खेमा सरकारी महाविद्यालय विद्यार्थी मोर्चाका प्रतिनिधिहरूद्वारा यस प्रकारको शिविर बाँसबोटेमा पनि राखिने टोलीले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *