कलेज भर्नाको लागि शुरू गरिएको अनलाइन फारम भर्ने शिविरको समापन

सुकेपोखरी : गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा नागरी धजे समष्टिद्वारा गत 2 अगस्तदेखि शुरू गरिएको अनलाइन फारम भर्ने कार्य आज समापन गरियो। यस वर्षको उच्चतर माध्यमिक परीक्षा उतीर्ण गर्ने विद्यार्थीहरूको सुविधाको निम्ति  विभिन्न कलेजमा भर्ना विषयलाई लिएर निःशुल्क आयोजना गरिएको शिविरमा नागरी धजे समष्टि, पोख्रेबोङ चामोङ समष्टि लगायतका विभिन्न क्षेत्रबाट आएका विद्यार्थीहरू लाभान्वित बनेको विद्यार्थी मोर्चा केन्द्रीय सदस्य जशयन्त गिरी, दार्जिलिङ महकुमा समिति संयोजक एवम् नागरी धजे समष्टि सचिव शुलभ प्रधान तथा समष्टि सहसचिव शिशिर शर्माले जानकारी दिएका छन्। उक्त शिविरको आज समापन गरिए तापनि विद्यार्थीहरूको सुविधाको निम्ति तिनीहरूले मोबाइल नम्बर सार्वजनिक गरेका छन्। इच्छुक विद्यार्थीहरूले जशयन्त गिरी 89471-23107, शिशिर शर्मा 81454-14761 तथा शुलभ प्रधान 89181-51869 मा सम्पर्क गर्न सक्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *