कलेजका विद्यार्थीहरूद्वारा ट्राफिक नियमबारे जागरुकता

सिलगढ़ी: सिलगढ़ीको सूर्यसेन महाविद्यालयका विद्यार्थीहरूले ट्राफिक नियमहरू बारेमा साधरणत मानिसहरूलाई जगरूक गर्ने उद्देश्य लिएर आज सड़कमा ओर्लिए। कलेजका विद्यार्थीहरूले सिलगढ़ी शहरको हाँसमी चोकमा ट्राफिक नियमहरूको उल्लङ्घन गर्ने चालकहरूलाई गुलाबको फूल दिएर ट्राफिक नियम पालन गर्ने अपिल गरे।


स्मरण रहोस, गत 11 जनवरीदेखि सड़क सुरक्षा सप्ताह शुरू भएको छ। यही सुरक्षा सप्ताह अन्तर्गत विभिन्न कलेज अनि स्कूलका विद्यार्थीहरूको माध्यम मानिसहरूलाई ट्राफिक नियमबारे जागरूक गर्न चाहेको सिलगढ़ी ट्राफिकका डीसीपी डम्बर सिंह सुनारले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *