कमिश्नर गौरव शर्माले अनाथ नानीहरूसित मनाए रक्षा बन्धन पर्व

सिलगढी : सिलगढी पुलिस कमिश्नर गौरव शर्माले आज प्रधान नगर थाना अन्तर्गत देवीडाङ्गास्थित 'फर्स्ट लभ चिल्ड्रेन होम'-का नानीहरूसित रक्षा बन्धन पर्व मनाए। कमिश्नर गौरव शर्माले 'फर्स्ट लभ चिल्ड्रन होम'-का नानीहरूको हातमा राखी बाँधिदिनको साथै नानीहरूलाई उपहार पनि दिए।  पुलिस कमिश्नर एवम् तिनको टोलीलाई देखेर होमका नानीहरू निक्कै खुसी भए।


ती नानीहरूले देश भक्ति गीत तथा नृत्य प्रस्तुत गरे भने तिनीहरूको कला देखेर कमिश्नर गौरव शर्मा प्रभावित भए। तिनले आगामी 15 अगस्तको दिन होमका नानीहरूलाई कमिश्नरेटमा आयोजना गरिने 15 अगस्तको कार्यक्रममा आमन्त्रित गरेका छन्। यस अवसरमा डीसीपी कुंवर भूषण सिंह, डीडी एसीपी राजेन छेत्री पनि उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.