कमरेड रखाल दास गुप्ताको निधनमा शोक सभाको आयोजना 

सिलगढी : ल इन्डिया रेलवे मेन्स फेडरेशन (एआईआरएफ)-का अध्यक्ष कमरेड रखाल दास गुप्ताको निधनमा आज एनजेपी मजदुर युनियन कार्यालयमा शोक सभाको आयोजना गरियो। यस अवसरमा युनियनका सदस्यहरूले तिनको तस्विरमा फुल चढाएर श्रद्धाञ्जलि अर्पण गरे। स्मरण रहोस्, धेरै समय अघिदेखि बिरामी रहेका एआईआरएफका अध्यक्ष कमरेड रखाल दास गुप्ताको गुवाहाटीको अपोलो अस्पतालमा हिजो 89 वर्षको उमेरमा निधन भयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *