कङ्ग्रेसका पूर्व काउन्सिलर पिन्टु घोष तृणमूलमा सामेल

सिलगढी : सिलगढी नगरनिगमको 7 नम्बर वार्डका पूर्व कङ्ग्रेस काउन्सिलर पिन्टु घोष कङ्ग्रेस पार्टी छोडेर तृणमूलमा सामेल भएका छन्। आज सिलगढीको वर्धमान रोडस्थित एउटा भवनमा आयोजित कार्यक्रमबीच तृणमूल नेता तथा सिलगढी नगरनिगमका प्रशासक गौतम देव र रञ्जन सरकारले दलीय झण्डा प्रदान गरेर तिनलाई तृणमूल पार्टीमा स्वागत जनाए। यस अवसरमा उक्त वार्ड अन्य केही मानिसहरू तृणमूलमा सामेल भएका छन्। अर्कोतिर, 11 नम्बर वार्डका भाजपा नेता कुशल अग्रवाल पनि आज आफ्नो पार्टी छोडेर तृणमूलमा सामेल भएका छन्। स्मरण रहोस्, केही दिन अघि पूर्व काउन्सिलर सीमा साहा पनि कङ्ग्रेस छोडेर तृणमूलमा सामेल भएकी थिइन्। यसपछि वामफ्रन्ट छोडेर रामभजन महतो, कमल अग्रवाल र प्रीतिकणा विश्वास पनि तृणमूलमा सामेल भएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *