कांग्रेस नेता विवेक सिंहलगायत समर्थकहरू भाजपामा सामेल

सिलगढी : सिलगढीमा एउटा कार्यक्रमबीच कांग्रेस नेता विवेक सिंहलगायत तिनका समर्थकहरू अनि केही समाजसेवी मानिसहरू भाजपामा सामेल भएका छन्। सिलगढ़ीस्थित भाजपा पार्टी कार्यालय जयमुनि भवनमा एउटा कार्यक्रमबीच सांगाठनिक जिल्ला अध्यक्ष प्रवीण अग्रवालले सिलगढी नगरनिगमका चार नम्बर वार्डका कांग्रेस नेता विवेक सिंह र तिनका समर्थकहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए।


सिलगढी नगरनिगमको 7 नम्बर वार्डका समाजसेवी आशा मिश्रा एवम् तिनकी छोरी डाक्टर शकुन्तला मिश्रा पनि भाजपामा सामेल भएकी छन्। यस अवसरमा सिलगढी सांगठनिक जिल्ला अध्यक्ष प्रवीण अग्रवालले बताएअनुसार सिलगढीमा भाजपा अझ शक्तिशाली बन्दै गइरहेको साथै लगातार धेरैजना मानिसहरू भाजपामा सामेल भइरहेका छन्। यसको साथै यसपल्टको नगरनिगम चुनाउमा पनि भाजपाको जीत निश्चित रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *