कांग्रेस पार्टीको 136औँ स्थापना दिवसको उपलक्ष्यमा खोरीबारीमा कार्यक्रमको आयोजना

खोरीबारी : कांग्रेस पार्टीको 136औँ स्थापना दिवसको अवसरमा आज खोरीबारी खण्ड अन्तर्गत पर्ने रानीगञ्ज पानीसाली अञ्चल-1 कांग्रेस कमिटीको तर्फबाट एउटा कार्यक्रमको आयोजना गरियो। यस अवसरमा स्थानीय विधायक सुनील चन्द्र तिर्की, अञ्चल अध्यक्ष चकरे छेत्री, अञ्चल कार्यकारी अध्यक्ष सन्तोष सिंह, अनन्तो बर्मन, रञ्जीत बर्मन, सन्तोष झा, शिवनारायण पोद्दार, साइबु उराव लगायत अन्य कार्यकर्ता उपस्थित थिए।


उक्त कार्यक्रम अवधि सर्वप्रथम पार्टीको झण्डा फहराएर स्थापना दिवस मनाउनको साथै लगभग 40 जना आवश्यकमन्दहरूबीच कम्बल वितरण गरेको रानीगञ्ज पानीसाली अञ्चल कमिटीको वर्किङ अध्यक्ष सन्तोष सिंहले बताए। यस अवसरमा स्थानीय विधायक सुनील चन्द्र तिर्कीले पार्टीलाई अझ बलियो बनाउने सबैसित आहवान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *