काङ्ग्रेस प्रार्थी मुनिष तामाङले नक्सलबारीमा गरे चुनाउ प्रचार

नक्सलबारी (निसं): लोकसभा चुनाउको मिति अब नजिक रहेकोले आज दार्जिलिङ लोकसभा क्षेत्रबाट काङ्ग्रेस उम्मेदवार मुनिष तामाङले सीपीएम अनि काङ्ग्रेस कार्यकर्ता तथा समर्थकहरूलाई साथमा लिएर नक्सलबारीको विभिन्न गाउँमा पुगेर चुनाउ प्रचार गरे। आज काङ्ग्रेस मुनिष तामाङले नक्सलबारीको रथखोला, बेंगाईजोत, फुटानी मोड़ लगायत विभिन्न इलाकामा पुगेर चुनाउ प्रचार गरे। यस अवधि तिनले भने, मानिसहरूले अब भाजपाको झुटलाई हटाएर बदलाव चाहिरहेका छन्। भाजपाले झुटो आश्वासन वाहेक अरू केही काम गरेन। भाजपाले फेरि पहाडका मानिसहरूलाई झुटो आश्वासन दिएर चुनाउ लड्दैछ। तर म पहाडको विकासको लागि भोट माग्दैछु। तिनले भाजपा र तृणमूल उम्मेदवारलाई पराजित गर्ने कुरामा आफु आशावादी रहेको पनि दावी गरेका छन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *