कङ्ग्रेस प्रार्थी सुजय घटकको समर्थनमा अशोक भट्टाचार्यले गरे चुनाउ प्रचार

सिलगढी : पूर्व मेयर तथा वाम प्रार्थी अशोक भट्टाचार्यले आज कङ्ग्रेस प्रार्थीको समर्थनमा चुनाउ प्रचार गरे। तिनले आज 16 नम्बर वार्डका पूर्व काउन्सिलर तथा कङ्ग्रेस प्रार्थी सुजय घटकको समर्थनमा चुनाउ प्रचार गरे। तिनीसित वाम नेता जीवेश सरकार पनि उपस्थित थिए। गत नगरनिगम चुनाउमा वाम-कङ्ग्रेस गठबन्धनले चुनाउ लड़ेको थियो भने यसपल्ट कङ्ग्रेस-वाम पार्टीको गठबन्धनले 4 वटा वार्ड छोडेर सबै वार्डमा चुनाउ लड्नेछ। कङ्ग्रेसको गढ़ मानिने 16 नम्बर वार्ड लगायत मोठ 4 वटा वार्डमा कङ्ग्रेसलाई सुविध पुर्‍याउने उद्देश्य लिएर आपसी सहमति रहेको अशोक भट्टाचार्यले बताए।


तथापि, आगामी नगरनिगम चुनाउमा बोर्ड गठन गर्ने उद्देश्य लिएर कङ्ग्रेसलाई साथमा लिएर कार्य गर्न चाहेको वाम नेता अशोक भट्टाचार्यले बताए। चुनाउ प्रचार अवधि तिनले भाजपाको विकासको स्लोगनलाई लिएर कटाक्ष कसे। कङ्ग्रेस प्रार्थी सुजय घटकले आज माकपा र कङ्ग्रेसको संयुक्त चुनाउ प्रचारले नगरनिगम चुनाउ अघि गठबन्धनबारे साधारण मानिसहरूलाई नयाँ सन्देश दिन चाहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *