कन्टेनमेन्ट जोनहरूमा पुलिसद्वारा अभियान

सिलगढी : कन्टेनमेन्ट जोनमा मानिसहरूको आवाजाही रोक्ने उद्देश्यले फलामको ब्यारिकेड लगाइएको छ। गत 11 अगस्तदेखि प्रशासनको तर्फबाट नगरनिगमको केही इलाकाहरूलाई कन्टेनमेन्ट जोन घोषित गरेर ब्यारिकेड लगाए तापनि मानिसहरू उक्त ब्यारिकेडको मुनिबाट छिरेर यातायात गरिरहेका छन्। यसको साथै उक्त इलाकाहरूमा मानिसहरूले जम्मा हुने गरेकोले गर्दा पुलिस कर्मीहरू सडकमा ओर्लिएर कन्टेनमेन्ट जोनमा मानिसहरूको आवाजाही बन्द गरिदिएको छ। पुलिसको तर्फबाट बाँसको ब्यारिकेडबाहेक फलामको ब्यारिकेड पनि लगाइदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *