कन्टेनरले पिकअप भ्यानलाई धक्का दिँदा भाग्यले बाँचे चालक

राजगञ्ज: लापर्वाहीको साथमा चलाएको कन्टेनरको धक्काले सब्जी बोकेको एउटा पिकअप भ्यान क्षतिग्रस्त बनेको छ। घटनामा पिकअप भ्यान चालक भाग्यले बाँचे। प्राप्त जानकारी गत राति साढे नौ बजीतिर एउटा सब्जी बोकेको पिकअप भ्यान  मैनागढीबाट सिलगढीतर्फ गइरहेको समय राजगञ्जको फाटापुकुर मोडमा विपरीत दिशाबाट आइरहेको एउटा कन्टेनरले धक्का दिँदा पिकअप भ्यान बिचमै भत्केको बताइएको छ। उक्त घटनामा पिकअप भ्यान चालक अलोक चन्द्र राय भाग्यले बाँचे। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर उक्त पिकअप भ्यान उद्धार गरेर थाना लगेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *