कन्टिजेन्ट मेन्युल पोख्रेबुङ चामोङ समष्टिले विनय खेमाका प्रार्थीलाई सघाउने

सुकेपोखरी : कन्टिजेन्ट मेन्युल पोख्रेबुङ चामोङ समष्टिले आगामी विधानसभा चुनाउमा गोजमुमो विनय खेमालाई समर्थन गर्ने निर्णय लिएको छ। समष्टि अध्यक्ष दिपेन राईको अध्यक्षतामा सम्पन्न सभामा उक्त निर्णय लिइएको हो।  सङ्गठनका पदाधिकारी एवम् सदस्यहरूको उपस्थितिमा सम्पन्न सभामा गोजमुमो केन्द्रिय सहसचिव ज्योति कुमार राई, सचिन गुरूङ, समष्टि प्रभारी नोबल बम्जन आदिको विशेष उपस्थिति थियो। अध्यक्ष दिपेन राईले विगत 2007 देखि कन्टिजेन्ट मेन्युलमा कार्यरत रहेर पार्टीको निम्ति दिलोज्यानले खट्दै आएका हामीलाई 2017 को आन्दोलनपछि बिमल गुरूङले लथालिङ्ग बनाएको आरोप लगाए। आन्दोलनअघि कञ्चनजङ्घा मेन पावरबाट मासिक वेतनको व्यवस्था गरिएको भए तापनि आन्दोलनपछि आफुहरूले धेरै मर्का खप्नुपरेको तिनले बताए। विनय अनित नेतृत्वाधीन गोजमुमोबाट आफूहरूको उद्धार हुने विश्वास व्यक्त गर्दै तिनले यसअघि पनि कन्टिजेन्ट मेन्युलको कागजपत्र बुझाउने कार्य भइसकेको उल्लेख गरे। चुनाउपछि सङ्गठनको समस्या निश्चित रूपले सामधान हुने कुरोमा दुइमत नरहेको तर्क अघि राख्दै तिनले यस पटकको चुनाउमा विमल खेमाका प्रार्थी केशवराज पोख्रेललाई सघाउने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *