कुचबिहार आइपुगिन् मुख्यमन्त्री ममता ब्यानर्जी

कुचबिहार : पञ्चायत चुनाउको प्रचार गर्नको लागि मुख्यमन्त्री ममता ब्यानर्जी आज कुचबिहार आइपुगिन्। तिनले भोलि सोमबार कुचबिहारको दक्षिण विधानसभा केन्द्रको चन्दामारी प्राणनाथ हाई स्कुल मैदानमा आयोजित जनसभालाई सम्बोधन गर्ने भएकी छन्। मुख्यमन्त्री आज हेलीकप्टरमार्फत् कुचबिहारको एबीएन शील कलेज मैदानमा ओर्लिन्। तिनलाई स्वागत जनाउनको लागि त्यहाँ उत्तरबंग विकास मन्त्री उद्यन गुह, कुचबिहारका जिल्लाशासक पवन कादियान लगायत जिल्ला तृणमूल नेतृत्वहरू उपस्थित थिए। एबीएन शील कलेज मैदानबाट तिनी सोझै कुचबिहारको मदनमोहन मन्दिर हुँदै गैर सरकारी होटलमा गइन्। तिनले आज रात त्यहीँ बिताउनेछिन्। मदन मोहन मन्दिर अघि 2 मिनटको लागि वाहन रोकेर तिनले भगवानलाई प्रणाम गरे। मुख्यमन्त्रीसित भेट गर्नको लागि सडकको दुवै किनारमा तृणमूलका कार्यकर्ताहरू लगायत साधारण मानिसहरू धेरै संख्यामा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *