कुचबिहार अदालतको गोदामबाट जिउँदो ग्रेनेड उद्धार, सेनाद्वारा गरियो निष्क्रिय

कुचबिहार : कुचबिहार अदालतको गोदामबाट गाँजाको प्याकेटमा जिउँदो ग्रेनेड उद्धार भएको छ। सेना वाहिनीले आज उक्त जिउँदो ग्रेनेडलाई निष्क्रिय गर्यो।  प्राप्त जानकारी अनुसार गत 7 फरवरीमा गोदामको सर-सफाई गर्दा गाँजाको प्याकेटमा जिउँदो ग्रेनेड भेट्टाइएको थियो। आर्मी ग्रेनेड भएकोले यसबारे बिन्नागढी आर्मी क्यान्टेनमेन्टलाई खबर दिइयो। आज बिहान सेनाका अधिकारी तथा जवानहरू घटनास्थलमा पुगेर उक्त ग्रेनेडलाई डिफ्युज गरेको बताइएको छ। यसैबीच सेनाद्वारा प्रयोग गरिने जिउँदो ग्रेनेड गाँजाको प्याकेटमा कसरी आयो भन्ने विषयलाई लिएर सनसनी फैलिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *