कुचबिहार चुनाउ: टिकट नपाए पछि तृणमूल नेता पुष्पिता राय डाकुआ धुरूधुरू रोइन्

कुचबिहार (निसं): कुचबिहार जिल्ला परिषदका सह सभाधिपति तथा तृणमूल नेता पुष्पिता राय डाकुआ टिकट नपाए पछि धुरूधुरू रोइन्। घटनाक्रम अनुसार गत मंगलवार जिल्ला परिषदका उम्मेदवारहरूको सूची घोषित गरिएको थियो, जसमा लगभग 25 जनालाई सूचीबाट बाहिर निकालिदिएको छ। टिकट नपाउनेहरूको सूचीमा वर्तमान सभाधिपतिदेखि लिएर सह सभाधिपतिसम्मको नाम सामेल रहेको छ। तूफानगञ्ज विधानसभा अन्तर्गत जिल्ला परिषद सीट संख्या 32 बाट पुष्पिता राय डाकुआले जितेकी थिइन् तर यसपाली तिनलाई पार्टीले टिकट दिएन। जसले गर्दा तिनी धुरूधुरू रोइन्। तिनले धेरै दिन अघिदेखि आफुले पार्टी गरिरहेको बताइन्। आफुले टिकट पाउने कुरामा विश्वस्त रहेको थिए भनी तिनले बताइन्। तिनी पञ्चायत समितिका अध्यक्ष थिइन्। यसपछि जिल्ला परिषदका सभाधिपति बनिन् अनि हालसम्म सह सभाधिपति थिइन्।
अर्कोतिर, यस सम्बन्धमा तृणमूल काङ्ग्रेस प्रवक्ता पार्थप्रतिम रायले भने, पार्टीले सोच विचार गरेर सूचीको घोषणा गरेको हो। यदि कसैले यसबारे टिप्पणी गर्छन् भने त्यो तिनको निजी मामिला हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *