कुचबिहार कलेजका प्रोफेसरको घरमा चोरी

कुचबिहार : कुचबिहारको खागराबारी इलाकामा कलेजको प्रोफेसरको घरमा चोरी भएको छ। कुचबिहार कलेजको दर्शन विभागका प्रोफेसर रुम्पा राय आफ्नी आमासित बस्ने गर्थिन्। गत 24 दिसम्बरमा तिनीहरू सिलगढी आएका थिए भने आज घर फर्किएपछि तिनले घरमा चोरी भएको थाहा पाइन्। लगभग लाखौँ रुपियाँको सुनको बहुमूल्य गर-गहना, नगद केही हजार रुपियाँ चोरी भएको बताइएको छ। घटनाबारे पुन्डीबारी थाना पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार गत 3 वर्षअघि पनि घरमा चोरी भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *