कुचबिहार दुर्गाबारीको एउटा दोकानमा चोरी

कुचबिहार : कुचबिहारको दुर्गाबारी इलाकाको एउटा मार्बल दोकानमा चोरी भएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार गत राति केही दुष्कृतिहरूले दुर्गाबारी इलाकाको एउटा मार्बल दोकानभित्र पसेर त्यहाँ रहेको क्यास बक्सबाट नगद 15 हजार रुपियाँ चोरी गरेर लगेको बताइएको छ। उक्त दोकानमा जडान गरिएको सीसीटीभी क्यामारामा ती दुष्कृतिहरूको फुटेज कैद भएको छ। दोकानका मालिक रवीन्द्र कुमार गुप्ताले यसबारे कुचबिहार कोतवाली थानामा लिखित अभियोग दर्ता गरेका छन् भने अभियोगको आधारमा पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *