कुचबिहार जिल्ला डेकोरेटर्स एसोसिएसन-द्वारा जिल्लाशासकलाई ज्ञापन

कुचबिहार :  कुचबिहार जिल्ला डेकोरेटर्स एसोसिएसनले साङ्केतिक हड़तालको माध्यमद्वारा कुचबिहारका जिल्लाशासकसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। प्राप्त जानकारीअनुसार संगठनका सदस्यहरूले आज कुचबिहारको राजमेला मैदान अघिबाट एउटा र्‍याली निकालेर कुचबिहार जिल्लाशासकको कार्यालयमा पुगेर एउटा ज्ञापन पत्र चढायो। कुचबिहार जिल्ला डेकोरेटर्स एसोसिएसनसा सचिव बिमल चक्रवर्तीले बताएअनुसार पश्चिमबंग डेकोरेटर्स समन्वय समितिको राज्य कमिटीको निर्देशअनुसार आज राज्यव्यापी आन्दोलन चलिरहेको छ। यसै क्रममा विविध मागलाई लिएर आज कुचबिहारका जिल्लाशासकलाई एउटा ज्ञापन पत्र चढाएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *