कुचबिहारको 2 वटा दोकानमा चोरी

कुचबिहार : कुचबिहार सहर संलग्न टाकागछ बजार इलाकामा देवाल भत्काएर 2 वटा दोकानमा चोरी गरेको घटना प्रकाशमा आएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार टाकागछ बजारमा बिमल चक्रवर्ती र निर्मल चक्रवर्ती नाम गरेका दुईजना दाजु-भाइको दोकान रहेको छ। आज बिहान तिनीहरू दोकान खोल्न आउँदा दोकानको पछिल्तिर रहेको देवाल भत्केको अवस्थामा देखेपछि भित्र पसेर हेर्दा दोकानमा चोरी भएको थाहा पाए। दुवैवटा दोकानबाट केही समानहरू लगायत नगद लगभग 10 हजार रुपियाँ चोरी भएको बताइएको छ। घटनाबारे पुलिसलाई खबर दिएपछि पुन्डीबारी थाना पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *