कुचबिहारको बाबुरहाटमा पाँचवटा दोकान जलेर भष्म

कुचबिहार : कुचबिहारको बाबुरहाट बजारमा लागेको भयावह अग्नीकाण्डमा परेर 5 वटा दोकान जलेर भष्म भएको छ। तथापि उक्त घटनामा कसैलाई पनि कुनै हानी नपुऱ्याइएको बताइएको छ। सूत्र अनुसार मंगलवार राति लगभग 1 बजी स्थानीय मानिसहरूले दोकानमा आगो लागेको देखे। यसपछि तिनीहरूले दमकल विभागलाई यसबारे जानकारी दिए। घटनाको खबर पाएर दमकलको दुईवटा इञ्जिनसहित कर्मीहरू घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याए। तर उक्त समयसम्म पाँचवटा दोकान जलेर भष्म भइसकेको थियो। आगो के कारणले लाग्यो भन्नेबारे सटीक जानकारी नलागे तापनि पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *