कुचबिहारको छात्र जयेश कुमारको वर्ल्ड रेकर्ड

कुचबिहार : फ्रेञ्च ब्रावो इन्टरनेशनल बुक अफ वर्ल्ड रेकर्डमा कुचबिहारको दशौं श्रेणीका छात्र जयेश कुमार दासले आफ्नो नाम दर्ता गरेको छ। सबैभन्दा तेज कान हल्लाउने (fastest ear wiggling one minutes)-मा तिनले वर्ल्ड रेकर्ड बनाएका छन्। तिनको यस सफलताले तिनका परिवारका सदस्यहरू खुशी भएका छन्। आउँदो दिनहरूमा अझ सफलता हासिल गर्नका लागि मानिसहरूले तिनलाई शुभकामना दिएका छन्। जयेश यसभन्दा अघि एशिया बुक अफ रेकर्ड्समा गइसकेका छन्। जयेशले एक मिनटमा रेकर्ड 133 पल्ट कान हल्लाउँछन्। तिनले आफ्नो भिडियो बनाएर ब्रावो इन्टरनेशनल बुक अफ वर्ड्1 रेकर्ड-को वेवसाईडमा पठाए पछि तिनले उक्त नयाँ कीर्तिमान कायम गरेका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *