कुचबिहारको दिनहाटामा 2 जनाको शव उद्धार, जाँचमा जुट्यो पुलिस

कुचबिहार (निसं): कुचबिहार जिल्लाको दिनहाटा उत्तर बड़ शाकदल इलाकामा 2 जनाको शव भेट्टाइएपछि इलाकामा सनसनी फैलिएको छ। मृतकहरूमा बाबू सरकार र चन्दना बर्मन सामेल छन्। पारिवारिक विवादको कारण नै दुवै जनाको हत्या गरिएको हुनसक्ने स्थानीय मानिसहरूले सन्देह गरेका छन्। स्थानीय सूत्र अनुसार सधैं जसो बाबू सरकारको भाई अनि तिनकी स्वास्नीसित विवाद हुन्थ्यो। मंगलवार पनि परिजनहरूसित तिनको सामान्य झगडा भएको बताइएको छ। यसपछि त्यही राति बाबू सरकार र चन्दना बर्मनको शव उद्धार गरिएको छ। खबर पाउन साथ साहेबगञ्ज थाना पुलिसले गत राति नै घटनास्थलमा पुगेर दुवै जनाको शवलाई उद्धार गरेको छ। यसपछि पुलिसले घटनाको जाँच सुरू गरेको छ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *